काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमासम्पन्न भएको छ ।
कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेकोमा सभाले सर्वसम्मत पारित गरेको छ ।
उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।
सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित भएका छन् । साथै यस अघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो ।
सभाले आ.व. २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०।०८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्