बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय


काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारले आज (शुक्रबार) सो निर्णय गरेको हो ।

२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा हडपिएको उक्त जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो।

कार्यालयका अधिकारीले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याएको बताए ।

दुई पटक गएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ समेत गरेको थियो।