चैत २२ गतेदेखि ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ हुने


काठमाडौँ । ललितपुर चेम्बर अफ कमर्सले चैत २२ गतेदेखि २६ गतेसम्म ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्ने भएको छ ।

बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर चेम्बर अफ कमर्सले एक्स्पोबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्न लागिएको बताए ।

उनले एक्स्पोमा मेड इन नेपाल प्याभिलियन विशेष आकर्षण रहेको बताए । उनले एक्स्पोमा नेपाल,भारत,पाकिस्तान,श्रीलंका, बंलादेश,थाइल्याण्ड,टर्की,मलेसिया,साउथ कोरिया लगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री मौलिक उत्पादन र सेवा सम्बन्धी सामानहरुको प्रदर्शनी हुने बताए ।

आयाेजकका अनुसार एक्स्पोमा फर्निचर,छालाबाट बनाइएका वस्तु,हस्तकलाका सामाग्री,लत्ताकपडा,जुत्ता चप्पल,स्वास्थ्य वर्धक सामानहरु,अर्गानिक उत्पादन र गरगहनाका सामाग्रीहरु पनि राखिने छ।

एक्स्पोमा नेपाल,भारत,पाकिस्तान,श्रीलंका, बंलादेश,थाइल्याण्ड,टर्की,मलेसिया, दक्षिण कोरिया लगायतका देशहरुमा उत्पादित वस्तुहरुको करिव १ सय भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।