नेप्सेमा ४ अंककाे वृद्धि, सर्वोत्तम सिमेन्टको आर्कषण कायमै


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक बिहीबार ४.७८ अंकले बढेर २०३५.६४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ८ वटा उपसमुहमा हरियाली छाएको छ भने बाँकी ५ वटा उपसमुह राताम्ये बनेका छन् ।

बिहीबार कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट अग्रस्थानमा रहेको छ कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन उन्नती सहकारी लघुवित्त र धौलागिरी लघुवित्तका लागनीकर्ताले सर्बैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३१३ कम्पनीको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड २२ लाख ४९ हजार ४ सय ६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।