सुनको मूल्यले हालसम्मकै उच्च


काठमाडौँ । गत शुक्रबार नेपाली बजारमा उच्च रेकर्ड कायम राखेको सुनको मूल्यले आइतबार स्थिर रही सोमबा फेरि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सोमबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाँउदै तोला एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छ । आइतबार स्थिर रहेको छापावाला सुनको मुल्य सोमबार तोलामा १६०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य तोलाको १५३५ रुपैयाँ रहेको छ ।