स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए ।

उनले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने बताए । उनले कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५\४० प्रतिशतसम्म पु¥याउने र सेवा क्षेत्रलाई ५०\५५ प्रतिशतमा पु¥याउनसके मात्रै देश विकास सम्भव हुने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा गइ त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हाँसिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताए । उनले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको बताए ।