इ-सिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्छः सांसद पौडेल


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले इ-सिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई हानी हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ ? भन्दै प्रश्न गरे ।

उनले स्वास्थ्यमा हानी पु¥याउने कुनैपनि सामग्रीको आयातमा प्रतिवन्ध लगाउन जरुरी रहेको बताए । नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने उनले उल्लेख गरे ।

उनले युवाहरु मद्यपान र धुम्रपानमा बढी रुमल्लीरहेको अवस्थालाई नियन्त्रण गर्न कानूनबाटै निषेध गर्न जरुरी रहेको उल्लेख गरे ।

“नेपाली नागरिक कसरी स्वस्थ बनाउन सकिन्छ ? यो राज्यको प्राथमिक विषय बन्नुपर्छ । युवा जनशक्ति स्वस्थ नबन्ने जुन खालको परिस्थिति बनेको छ, नीतिगत पक्षबाटै त्यसलाई हामीले राक्नेगरी न्युनिकरण गर्नेगरी जानुपर्छ । त्यसको लागि मुख्य विषय कानून बनाउने नै हो । कानूनबाटै हामीले निषेध गर्नसक्यौँ भने, कानूनबाटै रिफ्लेक्ट गर्नसक्यौँ भने धेरै समस्या समाधान हुनसक्छन्,” उनले भने, “यो भेपको मात्रै विषय होइन कि ? धेरै विषय छन्, जसले स्वास्थ्यमा हानी पु¥याउँछ, खाद्यान्नमा गुणस्तरीयता कायम गर्न सकेका छैनौँ, तरकारीमा विषादी परीक्षण गर्न सकेका छैनौँ । अहिले इसिग्रेटमा कुरा भएकाले यसलाई आयातमा रोक लगाऔँ । यसलाई पूर्ण प्रतिवन्ध लगाआँै । यसको हानी थाहा हुँदाहुँदै पनि देशलाई के फाइदा हुन्छ र आयात गर्नुप¥यो ? आयात गर्न दिन, निगरानी गर्ने, मूल्य बढाउने छ । प्रतिवन्ध गरौँ ।”

नेता पौडेलले कानूनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्याहरु समाधान हुने जिकिर गर्नुभयो ।