भिसीको नियुक्ति प्रक्रियाबाट भएपनि अझै पूर्ण भइसकेको छैनः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रुपबाट भने नभइसकेको बताएका छन् ।

सोमवार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै धन्यवाद व्यक्त गर्न पुगेका प्राज्ञिक समूहसँगको भेटमा प्रधानमन्त्री दाहालले सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि प्राज्ञिक समूहले गराएको ध्यानाकर्षण महत्वपूर्ण रहेको बताए ।

उनले यसको पहल आफूले शुरु गरेको भन्दै अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपति लगायत पदाधिकारीको नियुक्ति नभए शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने जिकिर गरे । भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने टिम दिनुपर्ने भएकाेले सोहीअनुसार आफूले काम गरिरहेको बताए। 

प्रधानमन्त्री दाहालले देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा जरूरी रहेको उल्लेख गरे ।