कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी


काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता खोल्नेलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ ।

खातावालको परिवारको तर्फबाट कावासोती नगरपालिका वडा नम्बर २ निवासी खातावाल लक्ष्मी पाण्डे र उनको श्रीमान् विश्वनाथ पाण्डेलाई संयुक्तरूपमा रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको जानकारी दिइएको छ । नेको इन्स्योरेन्स लिमिटेडबाट बिमादावी रकम प्राप्त भई कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बिमा सुविधा प्रदान गरिरहेको छ ।