जिहो एई-६ प्लस’ प्रिमियम स्कुटर नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?


काठमाडौँ । सीएफ मोटो तथा जिहो स्कुटरको को नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जिहो एई-६ प्लस’ प्रिमियम स्कुटरको डबल ब्याट्री भर्सन नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले १६० किलोमिटरसम्म रेन्ज दिने स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले यसको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरू गरेको छ । चिनियाँ कम्पनी जिहोको उत्पादन एई-६ एग्रेसीभ मस्कुलर डिजाइनमा तयार भएको स्कुटर हो ।

एई-६ स्कुटरमा ३.६ किलोवाट पीक पावर क्षमताको मोटर रहेको कम्पनीकाे दाबी छ । यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिने कम्पनीले जनाएकाे छ ।

यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा १.५ किलोवाट क्षमताको ‘रिमुभेवल लिथियम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।