नौ महिनामा निर्जीवन लघुबिमा कम्पनीको व्यवसाय १५ करोड रुपैयाँमाथि, कुनको कति ?


काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म लघु निर्जीवन बिमकले १५ करोड रुपैयाँ भन्दा बढीकाे व्यापार गरेका छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चार वटा लघु निर्जीवन बिमकले ६८ हजार ७७९ वटा बिमालेख जारी गर्दा १५ करोड ५३ लाख रुपैयाँको कुल बिमाशुल्क आर्जन गरेका हुन् ।

सो अवधिमा सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ जसले ३३ हजार ७०४ वटा बिमालेख जारी गरेर ६ करोड ६२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १५ हजार ६२३ वटा बिमालेख जारी गरेर ४ करोड ९८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

स्टार माङइक्रो इन्स्योरेन्सले १६ हजार ६८६ वटा बिमालेख जारी गरेर ३ करोड २८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७६६ बिमालेख जारी गरेर ६३ लाख ५४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन्।