नौ महिनामा लघु जीवन बिमा कम्पनीको कुल बिमाशुल्क पौने ८ करोड माथि, कसको कति ?


काठमाडौँ । चालु आर्थिक वर्षको (साउन–चैत) सम्म लघु जीवन बिमकहरूले पौने ८ करोड रुपैयाँ माथिको व्यापार गरेका छन्। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन लघु जीवन बिमकले ९ महिनाको अवधिमा ७ करोड ८८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी व्यापार क्रेष्ट माइक्रो लाइफले गरेको तंथ्याकले देखाएको छ। यो कम्पनीले ४ करोड ८१ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

यसैगरी गार्डियन माइक्रो लाइफले पनि समीक्षा अवधिसम्म २ करोड ४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। लिबर्टी माइक्रो लाइफले चैतसम्म १ करोड २ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।