नौ महिनामा निर्जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय ३० अर्ब, कुनले कति गरे ?


काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म निर्जीवन बिमा कम्पनीहरूले करिब ३० अर्ब रुपैयाँको बिमाशुल्क संकलन छन्।

संचालनमा रहेका १४ वटा निर्जीवन बिमकले २१ लख ९३ हजार ५४७ वटा पोलिसि बिक्री वापत २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

सो अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बिमाशुल्क आर्जन गरेको छ। कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ। त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ गरेको छ । त्यस्तै नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब २९ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ भने युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै दि. ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड १४ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेकाे प्राधिकरणकाे तंथ्याकले देखाएकाे छ ।