आइएमई लाइफको नाफा बढ्यो


काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ७५.७९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९ ८० को तेस्रो त्रैमासको तुलनामा आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा कम्पनीको नाफा ७५.७९ प्रतिशतले बढेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को तेसे त्रैमासमा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १८ करोड ८६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन ७.७९ प्रतिशतले बढेको छ । कम्पनीले यो अवधिमा ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले यस अवधिमा कुल २ अर्ब ९३ करोड ६३ लाख ५४ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ११.५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.२५ रुपैयाँ रहेको छ ।