काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् ।
बुधवार १३५ औँ मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका हुन् ।
गैरकानूनी सबै ढोकाहरु बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने उनले बताए । उनले विभिन्न काण्डमा मुछिएकाहरुलाई कान समातेर उठबस गरेर मात्रै देश नबन्ने उल्लेख गरे । गुरुङले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोहीपनि मालिक नहुने उनले बताए ।
उपसभापति गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्