आइएमई लाइफले ३४.५० प्रतिशत लाभांश दिने


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।