तोलामा २ हजार रुपैयाँ बढ्यो सुन, यस्तो छ आजको मूल्य


काठमाडौँ । आज बिहिबार सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार बिहिबार छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर तोलाको एक लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १६३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलामा १५ रुपैयाँ बढेर तोलाको १६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।