रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन


काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको नविकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो । नेपाल रेडक्रस सोसाइटीको ४९ औं महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्यालयमा प्रस्ततु गरेर नविकरणको लागि अघि बढ्नुपर्ने भएकोले छिटो गरि लेखापरीक्षण गराउन आग्रह गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले रेडक्रसले अडिटको छलफल भइसकेको भन्दै ७७ जिल्लाकै अडिट रिपोर्ट आवश्यक रहेको बताए । उनले सबै जिल्लाहरुले समयभित्रै अडिट रिपोर्ट बुझाउन पनि आग्रह गरे । भदौ महिनासम्म केन्द्रबाट अडिट गरेर असोजसम्म नविकरण गरिसक्ने समय निर्धारण गरिएको उनले बताए ।

उनले रेडक्रसले गत वर्ष २५ लाख भन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएको बताउनु भयो उल्लेख गरे। स्वास्थ्य प्रवद्र्धन एवं रोकथाम तथा पीडा न्युनिकरण तथा सरसफाई, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बालस्वास्थ्य, आँखा उपचार प्रवद्र्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरु, महामारी, सर्पदंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य लगायतका गतिविधिहरु सञ्चालन गरेको बताए । उनले विपद् न्युनिकरण, पूर्वतयारी प्रतिकार्य पुनःलाभ कार्य लोकप्रिय हुँदै गइरहेको उल्लेख गरे ।

 कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले आपत्कालीन प्रतिकार्यअन्तर्गत सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा प्रतिपरिवार १५ हजार बहुउद्देश्य नगद सहयोग गरेको बताए । उनले ४ हजार ४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार र पानी ट्यांकी गरी एकमुष्ठ ७२ हजार ५ सय वितरण गरिएको जानकारी दिए।

त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्गमिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्वीन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेको उनकाे भनाइ छ।

उनले विपद् तथा संकट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन भएको उल्लेख गरे । उनले कैलाली, कञ्चनपुर, बर्दिया, कालीकोट जिल्लाहरुमा  १५ वटा पालिकास्तरीय र ६ वटा वडास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० अध्यावधिक भएको जानकारी दिए । 

रेडक्रसले विपद् जोखिम न्युनिकरण, तातो हावा ‘लू’ तथा सरसफाई सम्बन्धी ६ हजार ४ सय वटा सूचना, शिक्षा तथा सञ्चार सामग्री निर्माण गरी परियोजना सञ्चालित जिल्लाहरुमा वितरण गरिएकाे उनले बताए । कालीकोटको तिलागुफा, कैलालीको भजनी र कञ्चनपुरको शुक्लाफाँट नगरपालिकामा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको उनले जानकारी दिए ।