बिमा प्राधिकरणका निर्देशनपछि आइएमआई लाइफ इन्स्योरेन्सको लाभांश संसोधन


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ। वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट नगद लाभांश घोषणा गरेको देखिएकाले हाललाई कर प्रयोजनका लागि बाहेक अन्य कुनै पनि नगद लाभांश घोषणा नगर्न बीमा प्राधिकरणले निर्देशन दिएपछि कम्पनीले लाभांश संसोधन गरेको हो ।

कम्पनीले लाभांश संशोधन गर्दै हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यस अघि कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश९कर प्रयोजनसहित० गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।