सिटिजन लाइफ इन्स्योरेन्सको २८ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत (नगद लाभांश)कर प्रयोजनका लागि० गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।