डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड


काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४ मा प्राइभेट सेक्टर-प्रोभिन्सियल विधाकाे अवार्ड डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ । नेशनल आईसिटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर-प्रोभिन्सियल) प्रदान गरेको हो ।

करिब डेढ दशक अघि वीरगंजमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको हो ।

वीरगञ्जमा मुख्य कार्यालय रहेको कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि आफ्नो सेवाहरूका साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको छ । यस्तै काठमाडौँ इटहरी, बुटवल, पोखरामा र जनकपुरमा कम्पनीले शाखा विस्तार गरि सकेको छ । कम्पनीको ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ ।

डाइनामिक ग्रुप अन्तर्गतका कम्पनीहरु लाई नेपाल भारतको बजारमा मात्र सिमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको कम्पनीका सञ्चालक तथा सीईओ दिपक साहले बताए । तत्काल भुटान, बङ्गलादेश लगायतका एशियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको साहले बताए ।

डाइनामिक टेकनोसफ्ट प्रालिमार्फत हाल चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा उपलब्ध छन् । कम्पनीले स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायीक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।

कम्पनीले विकास गरेका सफ्टवेयर ठूला व्यावसायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् । विभिन्न संघसस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमति सेवाग्राही करिब दुई हजार बढी छन् ।
वार्षिक १५ करोड रुपैयाँको कारोबार रहेको उक्त कम्पनीले देशधर करिब २ सय जनालाई रोजगारी दिएको छ ।

विद्यालयलाई डिजिटलाइज गर्ने ध्येयका साथ कम्पनिले डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एपको विकास गरेर सबै प्रदेशबम एक हजारभन्दा बढी विद्यालयहरुलाई समेत सेवा दिइरहेका छ ।