इन्ड्राइभको सेवा आजदेखि औपचारिक रूपमा सुरू, राइडरबाट १० प्रतिशत कमिसन लिने


काठमाडौँ । राइड सेयरिङ एप इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको छ । इन्ड्राइभले आज एक कार्यक्रममार्फत औपचारिक रूपमा सेवा सुरू गरेको घोषणा गरेको हो । कम्पनीले करिब तीन वर्षदेखि नेपालमा सेवा दिँदै आएपनि अहिलेसम्म औपचारिक रूपमा दर्ता हुनसकेको थिएन् ।

कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने बताएको छ । कम्पनीले काठमाडौँका साथै पोखरा र धरानमा सेवा सुरू गरेको छ ।

पहिलो पटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले मोटरसाइकल र ट्याक्सीमार्फत ‘राइड सेयरिङ’ सेवा सुरू गरेको थियो ।