पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर पौडेललाई ९ वर्ष कैद र जरिवानाको फैसला


काठमाडौँ । विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचारी ठहर नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई ९ वर्ष कैद २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो जरिवाना असुलीको सजाय सुनाएको हो ।

पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै अख्तियारले मुद्दा दायर गरेको थियाे ।

विशेष अदालतले नेसनल पेमेन्ट गेटवेमा अनियमितता गरेको आरोप लागेका अन्य ८ जनालाई भने सफाइ दिएको थियो।