सुनको मूल्य घट्यो, चाँदी बढ्यो


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहिबार एक लाख ३५ हजार ६०० सय निर्धारण भएको छ।

त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख ३४ हजार ९५० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ। बुधबार तोलामा १६७५ मा कारोबार भएकामा चाँदी आज तोलाको १६८५ रुपैयाँमा किनबेच भइरहेको छ।