आफ्नै रेकर्ड ब्रेक गर्दै २९औं पटक कामीरिता सगरमाथाको चुचुरोमा


काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं रेकर्ड तोड्दै २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले आइतबार बिहान ७ः२५ बजे सगरमाथाको २९ औँ पटक सफल आरोहण गरेका हुन् ।

सोलुखुम्बुमा जन्मिएका ५४ बर्षिय कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

उनी विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न गएका थिए । शेर्पाले मौसम अनुकूल भए यसपटक पनि दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय बनाएका छन् । उनले सन् २०२३ मा २७ र २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

Skip This