काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा शिखर इन्स्योरेन्सले ३९ करोड २ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २६.२३ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ नाफ कमाएको थियो ।
कम्पनीको बिमा शुल्क १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.०६ प्रतिशतले बढेको हो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १९.६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.४९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्