काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वैशाख २८ गते को निर्णयानुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।
कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने उल्लेख गर्दै धितोपत्र कारोबार फुकुवा गरिदिन आग्रह गर्दै गत वैशाख २६ गते नेप्सेलाई पत्र लेखेको थियो ।
नेप्सेले कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको जनाएको छ ।
सिटिजन लाइफले पटकपटक लाभांशको सूचना परिवर्तन गरेकाले गत वैशाख २५ गते मंगलबार देखि कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।
कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्ताव गरेको कुल २८.४०४३४६९८ प्रतिशत अन्तरिम लाभांश रद्द गर्ने निर्णय गरेको हो । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्