एमजी ४ ईभीलाई २०२४ को उत्कृष्ट कारको उपाधि


काठमाडौँ । एमजी ४ ईभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ ।

न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ ईभीले शीर्ष उपाधि जित्न सफल भएको हो ।

विद्युतीय कार एमजी ४ ईभीले गत वर्ष नेपाली बजारमा कदम राखेको थियो । २०२२ मा बजारमा आएको एमजी४ ईभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द इयर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरू हासिल गर्दै आएको छ ।

एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा।लि।ले हाल नेपालमा एमजी ४ ईभी, एमजि जेडएस ईभी, एमजि कोमेट ईभी गरी ३ वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजि एचएस, र एमजी एसटर गरी ३ वटा मोडेलका इन्धन गाडीहरू बिक्री वितरण गर्दै आएको छ ।