अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकसँग अन्तरआबद्धता कायम गरिने


काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकसँग अन्तर आबद्धता कायम गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकसँग अन्तर आबद्धता कायम गरी विद्युतीय प्रणालीबाट सुरक्षितरुपमा विदेशी मुद्रामा भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख गरेका हुन् ।