सरकारले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गर्ने


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कृषिमा लगानी दशक घोषणा गर्ने भएको छ ।मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति पौडेलले कृषिमा लगानी दशक घोषणा गर्ने बताएका हुन् ।

पशुजन्य पदार्थमा न्युन समर्थन मूल्य तोकिने, कृषि उत्पादनको वितरणलाई सहज बनाउँने, माटोको उर्वराशक्ति बढाउन रासायनिक मलको व्यवस्था गरिने लगायतको नीति सरकारले अघि सारेको छ ।

कृषि र कृषिमा आधारित उद्योगीलाई सहज रुपमा कर्जा सुविधा दिने भनिएको छ ।