काठमाडाैँकाे पानीपोखरीमा किङ्गलोङ्गको नयाँ सोरूम उद्घाटन


काठमाडौँ । इलेक्ट्रिक कमर्सियल भेहिकलको अधिकारीक बिक्रेता सिजि मोटर्सले काठमाडौँको पानीपोखरीमा किङ्गलोङ्गको नयाँ सोरूमको उद्घाटन गरेको छ।

किङ्गलोङ्गका चेयरम्यान ल्यिउ झिजुनले नयाँ सोरूमको औपचारिक उद्घाटन गरेका हुन्। किङ्गलोङ्गको पानीपोखरीस्थित नयाँ सोरूमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनिभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध छ।

किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलमा ब्याट्री र मोटरमा २ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेइकलहरुमा ४ लाख किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टी पाउन सकिने कम्पनीले बताएको छ।

सबै भेरियन्टहरूमा सिएटिएल ब्याट्री टेक्नोलोजीको प्रयोग भएको छ जसले गर्दा एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ। किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरूमा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एनएमको टर्क जेनेरेट गर्ने बताइएको छ।

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरूमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ।

साथै काठमाडौंमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। कम्पनीले नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा सुविधा वितरण हुने बताइएको छ।