काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे । उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए ।
उनले भने,”अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि । त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ । अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ । काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।”
उनले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्