दिउँसो दुई बजेका लागि सारियो प्रतिनिधिसभाको बैठक


काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार बिहान ११ बजे तय गरिएको बैठक विशेष कारण देखाउँदै दिउँसो २ बजे सारिएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको स्रोतले जनाएको छ ।

संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।

स्रोतकाअनुसार उक्त समितिले संसदीय समितिको कार्यादेश ९टीओआर० मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्ने छ ।