आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौँ। आइतबार सुनको भाउ स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सोही मूल्यमा छापावाल सुनको कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८५५ रुपैयाँमा किनबेच भइरहेको छ ।