सहकारी मार्फत ४ खर्ब ५ अर्ब बचत संकलन, ९४ हजारले पाए प्रत्यक्ष रोजगारी


काठमाडौँ । मुलुकभर रहेका सहकारी संस्थाहरुले ४ खर्ब ७८ अर्ब ११ करोड बचत संकलन गरी ४ खर्ब ५ अर्ब ३ करोड ऋण प्रवाह गरेका छन् ।

आर्थिक सर्वेक्षण २०८१ का अनुसार यस आर्थिक बर्षको फागुन मसान्तसम्म सहकारी संस्थाको संख्या ३१ हजार ४ सय ५० पुगेको उल्लेख छ । त्यसैगरी सेयर सदस्य संख्या सेयर सदस्य सङ्ख्या ७३ लाख ८५ हजार ५ सय २८ र सेयर पूँजी ९४ अर्ब ७२ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

२०८० असारसम्म सहकारी क्षेत्रमा ९३ हजार ७ सय ७१ जनाले प्रत्यक्ष रोजगार रहेकोमा २०८०फागुनसम्म यस्तो रोजगार ९४ हजार २ जना पुगेको छ ।

सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवम् एकीकृत तथ्याङ्कको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) रहेको छ । यसमा २०८० असारसम्म १५ हजार ८ सय १५ सहकारी संस्था आवद्ध भएका थिए भने २०८० फागुनसम्म १९ हजार ९ सय ८० सहकारी संस्था यस प्रणालीमा आवद्ध भएका छन् ।