१६ लाख ७८ हजार किसान विद्युतीय प्रणालीमा सूचीकृत


काठमाडौँ । देशभर १६ लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । आर्थिक सर्वेक्षण २०८१ अनुसार देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये १६ लाख ७८ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।

किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा,सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले किसान सूचीकरणका लागि एउटा वेबसाइट निर्माण गरेको छ । उक्त वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र, किसानको संख्या, परिवारको सदस्य संख्या, उमेर, उत्पादन, वार्षिक आम्दानी तथा खर्च, बजारसँग पहुँच,कृषि व्यवसायी, फर्म, उद्यमीलगायतको विवरण संकलन गरेर राख्ने गरिएको छ ।