मन्त्रिपरिषद् बैठकले पास गर्‍यो बजेट


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१\०८२ का बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन ।

उनका अनुसार सरकारले जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था रहेको सोही विषयमा मात्रै बैठक केन्द्रित भएको बताइन । सरकारले बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्ने निर्णय गरेको छ ।