काठमाडौं । सरकारले आगमी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट प्रस्तुत गर्दै अथमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाउने घोषणा गरेका हुन् ।
अर्थमन्त्री पुनले महिला बिरुद्द हुने हिंसा, शोषण र भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सृजना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईने बताए ।
त्यस्तै सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड छुट्याएको छ । प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्