काठमाडौँ । सरकारले विदेशको आम्दानी स्वदेशमा लगानी अन्तर्गत गैरआवासीय नेपालीलाई भूमिसँग जोड्न जन्मस्थलमा गैरआवासीय नेपाली अभियान सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ ८२ को बजेट प्रस्तुत गर्दै विदेशको आम्दानी स्वदेशमा लगानी अन्तर्गत गैरआवासीय नेपालीको पुँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न जन्मस्थलमा गैरआवासीय नेपाली अभियान सञ्चालन गर्ने बताएका हुन् ।
गैरआवासीय नेपालीद्बारा स्थापित एनआरएन डेभेलपमेन्ट फण्डको उपयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने भएको छ। अर्थमन्त्री पुनले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुर्ख्यौली थलोमा भ्रमण गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्