काठमाडाैँ । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ ।
बुधबर महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्टअप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले नीति को मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रीपरिषदले पारित गरेको छ ।
विकसित देशहरूमा स्टार्टअप स्थापित भए सँगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक रहेकाे महासंघले बताएकाे छ ।
अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो ईतीहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरूबाट निकै खारीयर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने बिचार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्