‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सो समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१’ प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १२१ बमोजिम अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेश गरिएको सभापति यादवले बताए ।