आइजीआई प्रुडेन्सियलद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण तथा साइकल र्‍यालीको आयोजना


काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडकाे आयाेजनामा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा साइकल र्‍यालीको आयोजना गरेको छ । लायन्स क्लबअफ काठमाडाैँ पिस आइडलसँगकाे सहकार्यमा कार्यक्रम सम्पन्न भएकाे हाे।

कम्पनीले केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल,काठमाडाैँबाट सुरू गरी नारायणचौर, नक्शाल भवगतीवहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुँदै पुनः नारायणचौरसम्म साइकल र्यालीको आयोजना गरेको हो ।

उक्त अवसरमा वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरणमैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारासहित विश्व वातावरण दिवस भव्य रुपमा मनाइएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठलगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लबअफ काठमाण्डौ पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति थियो ।

उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जीऔं भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाडाैँ पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरेका थिए ।

आइजीआई प्रुडेन्सियलले सम्पत्ती, सामुन्द्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वास्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरूमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।