बाग्मती नदी महोत्सव हुँदै


काठमाडौँ । बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धन गर्ने मुख्य उद्देश्यका साथ बाग्मती नदि महोत्सव हुने भएको छ । यो महोत्सव जेठ ३० गते नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने उल्लेख गरिएको छ ।

यो अभियान साँढे दुई महिनासम्म हरेक हप्ता नदि सरसफाई, पर्यावरणीय संरक्षण, कला, साहित्य, तथा संस्कृती झल्काउने कृयाकलापहरु, नदीमा र्यफ्टिंग र जल पर्यटनको सम्भावना उजागर गर्ने विभिन्न कार्यक्रमहरु हुने संस्थाका अध्यक्ष मेघ आलेले बताए ।

नेपाल नदी संरक्षण संस्थाले २००१ देखि बाग्मती नदिको संरक्षणमा केन्द्रित जनचेतानामुलक अभियान गर्दै आइरहेको छ । यस बर्ष नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा विभिन्न निजी, सरकारी तथा समाजीक संघ संस्थाको सहकार्यमा २४ औँ संस्करण मनाइँदै छ ।

आयोजकका अनुसार कार्यक्रम काठमाण्डौँ र ललितपुर महानगरपालिकाको स्वामित्वका साथै विभिन्न कलाकार र अभियान्ताहरुको सहयोग तथा समन्वयमा आयोजना गरिनेछ । भाद्रको पहिलो शनिबार सांस्कृतिकतथा सांगीतिक कार्यक्रम ,खाना महोत्सव,बन्धुत्व र्यफ्टिंग लगायत विभिन्न कृयाकलाप गरी महाजलजात्रा कार्यक्रम सहित यस बर्षको महोत्सव समापन गरिने जनाइएको छ ।

नेपाल सरकारले आर्थिक बर्ष २०८१ ८२ मा बागमतीसफाई र सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन गरेकोले यस कार्यक्रमको महत्व बढेको आलेले बताए ।