टिभिएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न


काठमाडाैँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ ।

जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट सुरू भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरूबिच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथमा सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको कम्पनीले जनाएकाे छ ।

करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरू अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

टिभिएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाएकाे थियाे । उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

यो राइडले टिभिएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरू बिचको सद्भावलाई पनि बलियो बनाएको कम्पनीकाे दाबी छ ।