बजेटमा व्यवस्था गरिएका कमा, फुलस्टिप पनि परिवर्तन हुँदैन भन्ने मानसिकतालाई परिवर्तन गर्न जरुरी छः संसद गैरे


काठमाडाैँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले संसदमा जति छलफल गरे पनि बजेटमा व्यवस्था गरिएको कमा पनि परिवर्तन हुँदैन भन्ने मानसिकतालाई परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले विगतको बजेट बनाउँदा र अहिले बजेटमा छलफल गर्दा सरकारले यथास्थितिको बजेट निर्माणको प्रक्रिया परिवर्तन नगरी ठिक ठाउँमा पुग्न नसक्ने बताए ।

उनले बजेट सम्बन्धि जति छलफल गर्दा बजेटमा व्यवस्था गरिएको कमा,फुलिस्टप पनि परिवर्तन नगर्ने मानसिकताबाट सरकार अगाडि बढेर परिणाम हासिल गर्न नसकिने भन्दै परिर्वतन गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उल्लेख गरे ।

विगतको निरन्तरता र यथास्थितिबाट बनेको बजेटले जनताले खाजेको सुशासन,सन्तुलित बजेट विनियोजन,पुँजीगत खर्च हुने परिस्थितिको सुनिश्चिता र प्राथमिकतामा आधारित भएर काम गर्ने ठाउँमा सरकार पुग्न नसक्ने दाबी गरे ।

सांसद गैरेले अहिले संसदमा बजेट प्रक्रियामा छलफलमा भाग लिने तर पास हुने प्रक्रियामा कम, फुलिस्टप पनि परिवर्तन हुँदैन भन्ने मानसिकताबाट छलफल हुन नहुने बताए । उनले बजेटको तरिका बदल्ने र सदनमा प्रश्तुत भएका सुझावहरुलाई सम्बोधन गरी व्यवस्थित गरेर लैजाने बाटो खुला गर्नेगरी बजेट निर्माणको प्रक्रियालाई सुधार गर्नुपर्ने धारणा राखे ।

सरकारले ल्याएको नीति कार्यक्रम र बजेटमा उल्लेख गरिएको पाँच उद्देश्य,प्राथमिकता,रुपान्तरणकारी क्षेत्रका आधारमा मन्त्रालयगत विनियोजन भएको बजेट र बजेटमा प्रश्तुत भएको अंक सांसदहरुले प्राप्त गरेका पुस्तकहरु र विनियोजित अंक र कार्यक्रमले प्रतिनिधित्व नगर्ने बताए । उहाँले मन्त्रालयगत विनियोजित बजेटलाई बजेटमा प्रश्तुत भएको अंकमा लय मिलाउन जरुरी रहेको बताए । 

मन्त्रीहरुले प्रश्तुत गरेको कार्यक्रम लागू गरेर परिणाम दिन सक्नुहुन्छ ? भन्दै सांसद गैरेले प्रश्न गरे । उनले यस्ता कुराहरुको निरुपण र यथार्थ प्रश्तुत नगरी निकालिने निष्कर्षले ठिक गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे ।