आइतबार बढ्यो सुनको मूल्य


काठमाडौँ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँ कायम भएको छ।