यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू(पूर्णपाठ)


काठमाडौँ । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा डा.रामप्रसाद धिताल नियुक्त गरेको छ ।

त्यस्तै आयोगको सदस्य पदमा डा.मधुसुदन अधिकारी, र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा.राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ भने नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि कृषि तथा पशुपन्छी वकास मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

त्यस्तै यही असार २७ देखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनको भ्रमण स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।