बुधबार घट्यो सुनचाँदीको मूल्य


काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन बुधवार घटेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य १ लाख ४० हजार ९०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।