खाद्यका लागि कृषि अभियान र अनाजकाे आयाेजनामा यसरी मनाइयाे खेतीपाती महाेत्सव (फाेटाे फिचर)


काठमाडाैँ । खाद्यका लागि कृषि अभियान, कालिदेवी उच्च मावि काभ्रेस्थली र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज)ले शनिवार तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा शनिवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएका छन् ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित मनाएको दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा संस्कृति बहस, मौलिक लोकभाकाका गीत तथा नृत्यसहित रोपाई भएको थियो ।

सो रोपाइँ कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तित्व, विद्यार्थी तथा स्थानीयहरूको सहभागिता थियो ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरूको विषयलाई सचेतना फैलाउने सन्देश यो वर्षको धान दिवसको नाराले दिएको छ।

योवर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। सरकारी तथ्यांकअनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको छ।

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।