२० सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय


काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजातहरू माग्ने निर्णय गरेको छ ।

आइतवार बसेको समितिको ७ औँ बैठकले समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजातहरु माग्न पत्राचार गर्ने निर्णय गरेको हो ।

समस्याग्रस्त सहकारीहरुका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएपनि अन्य धेरै विवरण, जानकारी र तथ्यहरु आवश्यक पर्ने भएकाले सो निर्णय गरिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१\०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक डा. युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीहरूको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग सल्लाह सुझाव मागिएको पनि उनले बताए ।

समितिले सहकारीसँग सम्बन्धित ८ वटा अध्ययन, छानविन, जाँचबुझ आयोगसहितका विषयमा प्रतिनिधिमुलक ढंगले कुरा सुन्ने काम गरेको जानकारी दिए ।